back

यातायात भाडा घट्यो, यात्रु खुसी

Kumari bank ad

जुम्ला । कर्णाली राजमार्गमा सवारी सञ्चालन भएपछि महंगोमा यात्रा गरिरहेका कर्णालीका यात्रुले निकै कम भाडामै यात्रा गर्न पाउन थालेपछि निकै खुसी देखिएका छन्। जिल्लाका सर्वदलीय÷ सर्वपक्षीय वैठकमा भाडादर निर्धारण गरेर यातायात व्यवस्था विभागले स्वीकृत गरी जुम्लामा स्थानीय प्रशासनले कार्यन्वयन गर्न लगाएपछि यात्रुहरु निकै खुसी भएका हुन्।

२०६४ सालदेखि छोटो दूरी अन्तरगत खलंगा नाग्मसम्म २ सय २० रुपैयाँ भाडा असुल्दै आएकोमा अहिले एक सय ५० रुपैयाँ भाडादर कायम गरिएको छ। यस्तै नेपालगंजसम्म १ हजार ६ सय लिँदै आएकोमा एक हजार ३ सय रुपैयाँ, सुर्खेतसम्म १ हजार ४ सय लिँदै आएकोमा एक हजार दुई सय र खलंगा काठमाडौंसम्म २ हजार ८ सय ५० रुपैयाँ भाडा लिँदै आएकोमा २ हजार ४ सय ५० रुपैयाँ लिएको हो।

कर्णाली यातायातको वरिष्ठ काउण्टर इन्चार्ज गणेश मल्लले सरकारले निर्धारण गरेको भाडादरमै यातायात सेवा सञ्चालन गरेको बताए। उनले भने, अब पछि घटेको भाडादरमै बस सेवा सञ्चालन हुन्छन्। विहान चन्दननाथ यातायातले स्थानीय प्रशासनको समन्वयमा निर्धारण गरेको भाडादरमा सवारी सञ्चालन गरेपछि कर्णाली यातायातले बाध्य भएर भाडादर घटाएको हो।
प्रकाशितः २०७३ जेठ ५

वि.सं.२०७३ जेठ ५ बुधवार १६:४० मा प्रकाशित

You can share this post!

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...

आत्मनिर्भर लघुवित्तद्वारा लाभांश घोषणा

आत्मनिर्भर लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१०

काठमाडौं।आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको...

एनएमबि बैंकले घटायो ब्याजदर, आजैदेखि लागु हुने

एनएमबि बैंकले घटायो ब्याजदर, आजैदेखि लागु हुने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:०३

काठमाडौं । एनएमबि बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले...

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:४३

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...