back

के घट्ला त सेयर ब्रोकरको कमिसन ?

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले कमिसन शुल्क आधा घटाउन प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले यस सम्वन्धमा पहल गर्न नसकेपछि सेयर कारोवार पश्चात ब्रोकरले लिने कमिसन घटाउने सम्वन्धमा अझै ठोस पहल हुन सकेको छैन।

अर्थ मन्त्रालयले बोर्ड, ब्रोकर एसोसिएसन तथा नेप्सेका प्रतिनिधिहरुसित छलफल गरेर मात्रै ब्रोकर कमिसन घटाउनेबारे निर्णय हुने जनाएको छ। ८ वर्षअघि दैनिक १० करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा जति ब्रोकरको कमिसन शुल्क थियो, अहिले कारोबार रकम १ अर्बको हाराहारीमा पुग्दा पनि उत्ति नै छ।

नेपाल धितोपत्र बोर्डले यसअघि ब्रोकरको कमिसन आधा घटाइनुपर्ने भन्दै अर्थ मन्त्रालयमा आफ्नो प्रस्ताव पेस गरेको थियो। ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा ब्रोकरले १ प्रतिशत कमिसन शुल्क लिँदै आएका छन्। यसलाई घटाएर ०। ५ प्रतिशत पुर्याउन बोर्डले प्रस्ताव गरेको छ।

६ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ ६ बिहीवार १२:०८ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...