back
NMB Ad
Ncell Banner Ad

भोलीबाट बुद्धको बारेमा चलचित्र प्रदर्शन हुँदै

काठमाडौँ । भोलि शुक्रबारबाट आशा गरिएको नेपाली चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ प्रदर्शनमा  आउने भएको छ ।

‘भगवान् बुद्ध भारतमा होइन नेपालमा जन्मिएका हुन्’, भन्ने सन्देश विश्वभर फैलाउने चलचित्र ‘बुद्ध वर्न इन नेपाल’लाई नायक रमित ढुङ्गानाले निर्माण गर्नुभएको हो । ज्ञानेन्द्र देउजाको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्रले बुद्धको जन्मबारे विश्वभर फैलिएको भ्रमलाई चिर्ने आशा गरिएको छ । रमितसँगै, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा, मनिता लामा, अमित ढुङ्गानालगायत केही अमेरिकी कलाकारको समेत अभिनय सो चलचित्रमा रहेको छ ।

प्रस्तुतकर्ता रमितले आफू अमेरिका बसाइका क्रममा बुद्ध जन्मबारे भ्रम फैलिएको महसुस गर्नुभएको थियो । सोही कारण छुट्टै धारको चलचित्र निर्माणमा लाग्नु परेको भन्दै उहाँले भन्नुभयो, “चलचित्रले उक्त भ्रम चिर्न सफल हुनेछ भन्ने विश्वासमा छु ।”

लुम्बिनी, काठमाडौँसँगै अमेरिकामा समेत छायाङ्कन गरिएको चलचित्र बुद्ध जयन्ती तथा बौद्ध सम्मेलनको अवसरमा प्रदर्शनमा आएको हो ।
प्रकाशितः २०७३ जेठ ६

वि.सं.२०७३ जेठ ६ बिहीवार १४:५९ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

वि.सं.२०८१ असोज २७ आइतवार २१:१२

पूर्णप्रसाद मिश्र काठमाडौँ, २७ असोज : धेरै नेपालीले धूमधामसाथ दसैँ...

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३९

बुनु थारु काठमाडौँ, २६ असोजः दसैँमा टन्न खाएर रमाइलो गर्ने...

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३४

सिबी अधिकारी काठमाडौँ, २६ असोजः “एक दिन मात्रै भए पनि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२३

काठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२१

पूर्णप्रसाद मिश्र काठमाडौँ, २६ असोजः बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन...