काठमाण्डौं । अध्यागमन बिभागले नेपाल भ्रमणमा आउने टुरिष्ट, विद्यार्थी, पत्रकार तथा अन्य कुनै पनि भिसा बोकेर नेपाल प्रवेश गरेका विदेशी नागरिकले नेपालमा हुने आन्दोलनमा सरिक भएको देखिएमा ५० हजारसम्म जरिवाना गरिने बताएकोछ ।
आज एक सूचना जारी गर्दै विभागले विदेशी नागरिक नेपालको कानुन अनुसार कुनै पनि आन्दोलनमा सरिक हुन नपाउने बताउँदै ‘कानुन भन्दा बाहिर जाने कुनै पनि बिदेशी नागरिकलाई डिपोर्ट गरिने छ ।’
अध्यागमन नियमावली, २०६५ अनुसार सबभन्दा कडा दण्ड १० वर्षसम्म फर्कन नपाउने गरी नेपालबाट निकाला र ५० हजार जरिवाना हो ।
यसअघि यो प्रावधान लागूऔषधलगायत गम्भीर प्रकृतिको अपराधमा संलग्न विदेशी नागरिकमाथि लागू हुने गरेको थियो । विभागले जुन प्रयोजनको भिसा लिएर नेपाल आएको हो, त्यो उल्लंघन गरे जघन्य अपराधमा संलग्नता बराबरको दण्ड कार्यान्वयनमा ल्याएको हो।
७ जेठ २०७३, ११।००
वि.सं.२०७३ जेठ ७ शुक्रवार १२:४३ मा प्रकाशित