
काठमाण्डौँ । पाँच तारे होटल ुयाक एण्ड यतिुमा आज शुक्रबारदेखि सुरु भएको अर्न्तराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला उद्घाटनका लागि त्यहाँ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले एस पि गहना उद्योगको स्टलबाट ४ हजार रुपैयाँ बराबरको चाँदीको नेकलेस उधारोमा किनेका छन् ।
चाँदीको नेकलेस लिएर प्रधानमन्त्री ओली ुबिल पठाइदिनूु भन्दै निस्किएका प्रधानमन्त्री ओलीलाई नेपाल सुनचाँदी व्यसायी संघका अध्यक्ष मणिरत्न शाक्यले क्रिस्टल उपहार दिएर विदा गरेका थिए।
आजबाट सुरु भएको अर्न्तराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला ९ गतेसम्म चल्ने बताइएकोछ । मेलामा करिब ६० वटा सम्मका स्टलहरु राखिएका छन्। मेलालाई नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, हस्तकला महासंघले आयोजना गरेको हो।
७ जेठ २०७३, ३.३०
वि.सं.२०७३ जेठ ७ शुक्रवार १५:५१ मा प्रकाशित