
काठमाडौं। दिनअघि बौद्धस्थित रामेछाप शेर्पा किदुक (गुठी) को कार्यालमा एउटा निवेदन आयो । ‘मैलै अलिकति आर्थिक सहयोग पाए केही वर्ष बाच्ने थिएँ,’ निवेदनको व्यहोरा सुनाउँदै गुठीका अध्यक्ष पेम्वा शेर्पाले भने, ‘साँझतिर, निवेदन पढें, केही गर्न पायो हुन्थ्यो जस्तो लाग्यो । तर गुठी स्थापना भएको दुई वर्षमात्र भएको थियो, धेरै सहयोग गर्न सक्ने अवस्था थिएन, सामन्य रकमले उनलाई केही पनि नहुने ।’
त्यसै साँझ उनले कार्यसमितिका सदस्यसँग सामान्य छलफल गरेर गुठीकै फेसबुकमार्फत अपाङग तथा दुईटै मृर्गौलाका बिरामी आङ छोपी शेर्पाको ज्यान जोगाउन सकेजति सहयोगका लागि अनुरोध गरे ।
‘फेसबुकमा पोष्ट गर्ने वित्तिकै विदेशमा रहेका नेपालीले सहयोग गर्न अश्वासन दिन थाले र खाता नम्बर पनि माग्न थाले,’ उनले सुनाए, ‘२० दिनमै १६ लाख रुपैयाँ उठ्यो, हामीले त सोचेको पनि थिएनौं, अझै उठ्ने क्रम जारी छ ।’
अमेरिका, अष्ट्रेलिया, हङकङ, बेल्जियम लगायत मुलुकमा रहेका नेपालीले आर्थिक सहयोग गरेको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ जेठ ८
वि.सं.२०७३ जेठ ८ शनिवार १०:३३ मा प्रकाशित