back
NMB Ad
Ncell Banner Ad

अब सबै आकस्मिक सेवाका लागि एउटै नम्बर

काठमाण्डौं । आकस्मिक सेवा लिन छुट्टा छुट्टै नम्बरमा फोन गर्नुपर्ने झन्झट अब समाप्त हुने भएको छ।

प्रहरी, एम्बुलेन्स, दमकल, शव वाहन, ट्राफिकलगायतले प्रयोग गर्दै आएका आकस्मिक (इमर्जेन्सी) नम्बरलाई अब एउटै नम्बरमा रुपान्तरण गर्ने तयारी नेपाल दूरसंचार प्राधिकरणले अघि सारेको छ।

प्रधिकरणले ‘एकीकृत आकस्मिक नम्बर’ योजना तयार पारेको छ। उक्त मस्यौदामा तीन अंकको एउटै नम्बरमा फोन गरी प्रहरी, ट्राफिक, दमकल, एम्बुलेन्सलगायतको सहयोग लिन सकिने प्राधिकरणले जनाएको छ।

आकस्मिक नम्बर धेरै भएका कारण सर्वसाधारणलाई कुन कहाँको हो भन्ने सम्झन असहज हुने, बढी स्रोतको उपयोग हुने, स्रोत परिचालन र व्यवस्थापन गर्न समस्या हुने भएकाले एकीकृत नम्बर प्रणाली ल्याउन लागेको  प्रधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले बताए।

अमेरिका र युरोपका विभिन्न मुलुकमा एउटै आकस्मिक नम्बर प्रयोग हुँदै आएको छ। आकस्मिक सहयोगका लागि अमेरिकामा ‘९११’ र युरोपियन मुलुकमा ‘११२’ प्रयोग हुँदै आएको छ।

मस्यौदामा नेपालमा पनि यी दुई नम्बरमध्ये ‘११२’ लाई आकस्मिक नम्बरका रुपमा अघि सारिएको उनले बताए।

प्रकाशितः २०७३ जेठ ८

वि.सं.२०७३ जेठ ८ शनिवार १२:३८ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता

वि.सं.२०८१ असोज २९ मंगलवार १५:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच...

नेप्सेमा रुरु जलविद्युत परियोजनाको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा रुरु जलविद्युत परियोजनाको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ असोज २९ मंगलवार १५:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२७

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण...

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२०

रामेछाप : सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी...

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असोज २९ मंगलवार १५:१४

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

वि.सं.२०८१ असोज २९ मंगलवार १५:०८

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...