
काठमाडौं। नेपाललाई २५ वर्षपछि १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने विश्व बैंकको एक अध्ययनले देखाएको छ ।
‘दक्षिण एसियामा क्षेत्रीय विद्युत् सहयोग एवम् व्यापार’ शीर्षकमा उक्त बैंकले झन्डै तीन वर्ष गरेको अध्ययनले २५ वर्षपछि नेपालको आन्तरिक खपतका निम्ति १० हजार मेगावाट बिजुली आवश्यक पर्ने देखाएको हो ।
मालदिभ्सबाहेक दक्षिण एसियाका सबै मुलुकको जलविद्युत् उत्पादनको क्षमता, अन्तरदेशीय व्यापार र त्यस निम्ति गर्नुपर्ने उत्पादन समेटेर उक्त बैंकका अध्येताद्वय गोविन्दराज तिमिल्सिना र माइकल टोम्यानले गरेको अध्ययनमा नेपालले ५२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने जनाइएको छ ।
“नेपालको २५ वर्षपछिको १० हजार मेगावाट विद्युत्को आन्तरिक आवश्यकता पूरा गर्न रु. आठ खर्ब लाग्ने जनाइएको छ ।
प्रकाशितः २०७३ जेठ ८
वि.सं.२०७३ जेठ ८ शनिवार १३:१८ मा प्रकाशित