
काठमाण्डौं । भारतको बिहारमा गुट्खा र पान मसलामा प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि एक वर्षको लागि भारतको बिहार राज्य सरकारले गुट्खा र पान मसलामा प्रतिबन्धको घोषणा गरेको हो ।
बिहार राज्य सरकारले जारी गरेको आदेशम गुट्खा, पान मसला, बनाउँन, बेच्न, ओसारपसार गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।
राज्य सरकारको आदेश अनुसार गुट्खा एक ठाउँबाट अर्को ठाउँमा लान, देखाउन र संकलन गर्न समेत पाइने छैन ।
त्यहाँका खाद्य विभागका अधिकारीले गुट्खा र पान मसला बिक्री रोक्नको लागि जाँच र छापा मार्न निर्देशन दिएका छन् ।
भारतको बिहारमा अप्रिलबाट मदिरामा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको थियो । शनिबारबाट गुट्खा र पान मसलामा प्रतिबन्ध लगाइएको हो ।
भारतको राजधानी नयाँ दिल्लीमा समेत गुट्खा र पान मसला खान प्रतिबन्ध लगाइएको छ । भारतले गुट्खा र पानले स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले प्रतिबन्ध लगाइएको बताएको छ ।
प्रकाशितः २०७३ जेठ ८
वि.सं.२०७३ जेठ ८ शनिवार १४:०८ मा प्रकाशित