back
NMB Ad
Ncell Banner Ad

लुम्बिनीमा पाँच हजार मानिस अट्ने सभाहल बनाउँछुः प्रधानमन्त्री

Royal Enfield Inside Page Banner

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार अट्ने सभासहल एक बर्षमा बनाउँने घोषणा गरेका छन् ।

शनिबार महामानव गौतम बुद्धको २५६० औँ जन्मदिनको अवसरमा विश्व शान्तिका अग्रदूत बुद्धको जन्म स्थल लुम्बिनीमा सरकारले गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज बिहान पानी परेर हाम्रा पाहुँनालाई दुःख दियो । हामी अब एक वर्षमा लुम्बिनीमा पाँच हजार अट्ने सभासहल बनाउँछौँ ।’

ओलीले सभाहल निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिए । प्रधानमन्त्री ओलीले लुम्बिनीलाई जीवनमा एक पटक अनिवार्य रुपमा आउनुपर्ने ठाउँको रुपमा समेत विकास गर्ने बताए ।

‘लुम्बिनीलाई बौद्धधर्मावलम्बी तथा अन्य नेपालीको पवित्र तीर्थस्थलको रुपमा विकास गरी जीवनमा एक पटक अनिवार्य रुपमा आउनुपर्ने ठाउँको रुपमा विकास गर्न चाहन्छौँ’, ओलीले भने ।

ओलीले लुम्बिनीको विकासका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । ओलीले बुद्धको बारे सत्य, तथ्य जानकारकिा लागि शनिबार भएको भेलाले महत्वपूर्ण भूमिका खेल्ने समेत उल्लेख गरे ।
 प्रकाशितः २०७३ जेठ ८

वि.सं.२०७३ जेठ ८ शनिवार १४:२१ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ, पौडेल र श्रेष्ठ दोषी ठहर   

निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ, पौडेल र श्रेष्ठ दोषी ठहर   

वि.सं.२०८१ कात्तिक १४ बुधवार २१:२१

काठमाडौँ : विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ...

यस्ता छन्  मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

वि.सं.२०८१ कात्तिक १४ बुधवार २०:५३

काठमाडौँ : मन्त्रिपरिषद्ले पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५...

सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने निर्णय   

सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने निर्णय   

वि.सं.२०८१ कात्तिक १४ बुधवार २०:४४

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा...

बंगलादेशले जित्यो साफ वुमन्स च्याम्पियनसिपको उपाधि

बंगलादेशले जित्यो साफ वुमन्स च्याम्पियनसिपको उपाधि

वि.सं.२०८१ कात्तिक १४ बुधवार २०:३९

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।...

तिहार विशेष मौसम बुलेटिन सार्वजनिक, हल्का वर्षाको सम्भावना 

तिहार विशेष मौसम बुलेटिन सार्वजनिक, हल्का वर्षाको सम्भावना 

वि.सं.२०८१ कात्तिक १४ बुधवार १७:३१

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित...

समता घरेलु लघुवित्तको एफपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

समता घरेलु लघुवित्तको एफपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

वि.सं.२०८१ कात्तिक १४ बुधवार १७:१९

काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओमा १ अर्ब ३१ करोड...