
पोखरा । यस वर्ष हिउँदको प्रतिकूल मौसमले मुस्ताङमा स्याउको उत्पादन घट्ने देखिएको छ । हिउँदको समयमा कत्ति पनि हिँउ नपर्नु, पानी नपरी तापक्रम ह्वात्तै बढ्नु र किसानले मलजल र स्याउका बोट काँटछाँट नगरेका कारण नै अहिले स्याउका बगैँंचामा निकै पातला दाना लागेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिइन् ।
दुई तीन फिट बाक्लो हिउँंको चिसोले स्याउका बोट कठ्याग्रिएपछि मात्रै स्याउको फुलफुल्न र दाना लाग्न अनुकूल पर्ने उनले बताइन् ।
जिल्लाका पाकलिङ र चिमाङका केही बगैँचामा ‘जिजिया मथ’ नामक एक प्रकारको पुतली लागेको र ती ठाउँका केही बगैँंचाका स्याउका बोट सबै सखाप भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष जिल्लाका किसानले ३५०० मेट्कि टन स्याउ उत्पादन गरी त्यसको बिक्रीबाट झन्डै रु ४० करोड कमाएका थिए ।
प्रकाशितः २०७३ जेठ ८
वि.सं.२०७३ जेठ ८ शनिवार १६:१५ मा प्रकाशित