काठमाण्डौं । सरकारले आगामी बजेटबाट बृद्धरबृद्धा, एकल महिला लगायतलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता शतप्रतिशतले बृद्धि गर्दै दोब्बर पुर्याउने भएको छ ।
अहिले सामाजिक सुरक्षा भत्ता मासिक एक हजार रुपैयाँ छ । सरकारले यसलाई बढाएर दुई हजार रुपैयाँसम्म पुर्याउन लागेको हो । नेकपा एमालेको २०५१ सालको नौ महिने शासन कालबाट नै सामाजिक सुरक्षा भत्ता सुरु गरिएको थियो ।
यसका साथै, सरकारले आगामी आर्थिक बर्षमा स्थानीय निकायको निर्वाचन गराउने घोषणा गरिसकेकाले त्यसलाई सफल बनाउन कर्मचारीलाई अतिरिक्त भत्ताको ब्यवस्था गर्ने भएको छ ।
९ जेठ २०७३, ९।००
वि.सं.२०७३ जेठ ९ आइतवार ११:१९ मा प्रकाशित