
काठमाण्डौं । विगत केही दिनदेखि अमेरिकी डलर महँगिँदै गएको छ। आइतबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ८ रुपैयाँ २८ पैसा तोकेको छ।
त्यस्तै खरीददर मूल्य १ सय ७ रुपैयाँ ६८ पैसा कायम भएको छ। यो मूल्य साढे २ महिनायताकै महँगो हो। बिहिबार डलरको बिक्रीदर १ सय ७ रुपैयाँ ४१ पैसा रहेकोमा शुक्रबार १ सय ८ रुपैयाँ ४ पैसा पुगेको थियो।
अमेरिकी कृषि अर्थतन्त्रमा सुधारको लक्षण अमेरिकी केन्द्रीय बैंकले हालको ब्याजदर ०. ५ प्रतिशतबाट बढाउने संकेत दिनु र अर्थतन्त्रमा सुधारको संकेत देखिएपछि डलर मजबुत बनेको हो।
प्रकाशितः २०७३ जेठ ९
वि.सं.२०७३ जेठ ९ आइतवार ११:५५ मा प्रकाशित