
काठमाण्डौं । बिकास बैंक र फाईनान्स कम्पनीहरुले मात्रै आगामी दिनमा कम्तिमा सवा पाँच अर्बको हकप्रद सेयर निस्कासन गर्ने भएका छन् । सेयर निस्कासनको निर्णयमा पुगिसकेका २१ बिकास बैंक र ९ फाईनान्स कम्पनीहरुको मात्रै हिसाव गर्दा यो रकम हुन आएको हो ।
काष्ठमाण्डप, अल्पाईन, मुक्तिनाथ, मितेरी, अरनिको, सुभेक्षा, वेस्टर्न लगायतका डेभलपमेण्ट बैंकहरुले हकप्रद सेयर जारी गर्नका लागि आफ्नो साधारण सेयरबाट पारित गरिसकेका छन् । यी सँगै २१ वटा विकास बैंकको कम्तिमा साढे ३ अर्ब रुपैयाँको हकप्रद आउने निश्चित भईसकेको छ ।
त्यस्तै, ललितपुर, रिलायन्स, गुडविल, गुहेश्वरी मचेन्ट लगायतका फाइनान्सको पौने २ अर्ब बरारबरको हकप्रद सेयर निस्कासन हुन लागेको हो ।
९ जेठ २०७३, ११.००
वि.सं.२०७३ जेठ ९ आइतवार १३:३९ मा प्रकाशित