back

लोपोन्मुख जनावरको घर र पर्यटकको गन्तव्य बन्दै बेतना सिमसार !

मोरङ । जिल्लाको बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

राजमार्गको छेउमै जोडिएका कारण निजी सवारी साधन लिएर पूर्वतिर जाने र पूर्वबाट आउने आन्तरिक पर्यटकले एकपटक डुङ्गा चढ्ने गरेका छन् । आन्तरिक पर्यटक बेतनाको अवलोकनका लागि आउने गरेको बेतना सिमसार संरक्षण समितिका अध्यक्ष इरान राईले बताए ।

बेतौनामा पोखरीको ढुङ्गामा सयर गर्दै रम्नुको आनन्दै बैग्लै भएको राई भन्छन् “सीमसार क्षेत्रमा पाइने मयुरपङ्खी जातको कछुवा, लोपोन्मुख पानीहाँस, जलकौवा, सरस, चिललगायतका जीवजन्तुले पर्यटकको ध्यान खिचेको छ” । बेतनामा विभिन्न छ प्रजातिको कछुवा बसोबास छ ।

विशेष चाडपर्व, नयाँ वर्ष र पिकनिकको समयमा बेतनामा दैनिक एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको समितिले जनाएको छ ।

बेतौना सिमसार क्षेत्रमा पर्यटकले लोपोन्मुख ध्वाँसे चितुवा पनि हेर्न पाउने भएका छन् । बेतौना सिमसार संरक्षण समितिका अध्यक्ष राईका अनुसार जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतौना सिमसार क्षेत्रमा ल्याइएपछि बेतना सिमसार क्षेत्रमा पर्यटकले हेर्न पाउने भएका हुन् । तेह्रथुमको म्याग्लुङ नगरपालिकामा जङ्गलबाट सहर पसेको चितुवालाई जिल्ला वन कार्यालय तेह्रथुमले जङ्गलमा छोड्ने तयारी गरिएको सो चितुवालाई जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतना सामुदायिक वन उपभोक्ता समूहमा ल्याइएको हो ।

सो क्षेत्रमा अजिङ्गर, कछुवा, विभिन्न जातका माछा, चरा, जङ्गली जनावर, संरक्षण गर्न राखिएको छ ।

९ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ ९ आइतवार १४:१९ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...