back
NMB ad

एनसेलले ल्यायो लास्टै ठूलो अफर : हजार रिचार्ज गर्दा हजारै बोनस

Kumari bank ad

काठमाण्डौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले रिचार्जमा आकर्षक बोनस पाइने योजना ल्याएको छ । कम्पनीले सोमबारदेखि लागु हुने गरी एनसेल लास्टै ठूलो अफर योजना ल्याएको हो ।

ग्राहकले दुर्इ सय रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भदौं ४ गतेसम्म लागु हुनेछ ।

बोनस पाउन ग्राहकले दुर्इ सय रुपैयाँ भन्दा बढीको ब्यालेन्स रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । ग्राहकले दुर्इ सयको रिचार्ज गर्दा पाँच दिनको लागि मान्य हुने एक सय रुपैयाँ बोनस ब्यालेन्स पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तीन सय रुपैयाँको रिचार्ज गर्दा सात दिनको समयसीमा भएको दुर्इ सय रुपैयाँको बोनस पाउनेछन् ।

पाँच सय र एक हजार रुपैयाँको रिचार्ज गर्दा चार सय र एक हजार रुपैयाँको बोनस पाउने कम्पनीले जनाएको छ । पाँच सय रिचार्ज गरेवापत पाइने बोनस भने ग्राहकले १० दिनभित्रै उपयोग गर्नुपर्नेछ ।

एक हजार रुपैयाँको रिचार्ज गर्दा पाइएको एक हजार रुपैयाँको बोनस १४ दिनभित्रै उपयोग गर्नुपर्नेछ ।

९ जेठ २०७३, ३।३०

वि.सं.२०७३ जेठ ९ आइतवार १६:४६ मा प्रकाशित

You can share this post!

दाङमा रासायनिक मल अभाव नहुने   

दाङमा रासायनिक मल अभाव नहुने   

वि.सं.२०८१ असार ७ शुक्रवार २१:०५

देउखुरी (दाङ), ७ असार : दाङमा यस वर्ष धानखेतीका लागि...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

वि.सं.२०८१ असार ७ शुक्रवार २०:५९

काठमाडौँ, ७ असार : चालु आर्थिक वर्ष २०८०/८१ को ११...

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५५

काठमाडौँ, ७ असार : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८१ असार ७ शुक्रवार १७:४२

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको...