
काठमाण्डौं । नेपाल विद्यार्थी सङ्घ काठमाडौँले सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले ‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले अब विद्यार्थी नै बजारको अनुगमनमा जाने बताउँदै सरकारले आफ्ना माग नसुने देशव्यापी आन्दोलन गर्ने बताएका थिए ।
१० जेठ २०७३, ११।००
वि.सं.२०७३ जेठ १० सोमवार ११:१६ मा प्रकाशित