back

चिट चोर्न नपाएपछि नारावाजी, समन्वय समितिले परीक्षा रद्द गर्ने

जुम्ला । नेपालकै पहिलो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयमा चिट चोर्न नपाएको भन्दै परिक्षार्थीले नाराबाजी गरेर अमर्यादित तरिकाले परीक्षा दिएपछि परीक्षा समन्वय समितिले आज भएको पहिलो दिनको परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रथम वर्षको प्रथम खण्डको पहिलो दिन इन्जिनियरिङ म्याथ म्याटिक्सको परीक्षामा उनीहरुले चिट चोर्न नपाएको भन्दै नाराबाजी गरेका हुन्। उनीहरुले वर्ष भरी १५ दिनपनि पढाई नभएको र परीक्षामा चिट चोर्न नदिएको भन्दै आक्रोश पोखेका थिए ।

एक घण्टासम्म मर्यादित रुपमा परीक्षा संचालन भइरहेकोमा ८ बजे जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेरासहितको टोली परीक्षा अनुगमनका क्रममा जाँदा एक जनाले चिट चोर्दै गरेको भेटाए पछि चिट जफत गर्न खोज्दा परीक्षा हलबाट परीक्षार्थी बाहिर निस्केका थिए।

त्यसपछि उनीहरुले शिक्षकलाई गालीगलौज गर्नुका साथै भौतिक संरचनामा तोडफोडसमेत गरे। परीक्षामा नियमित तर्फ ४६ जना र एक जना आशिंक परिक्षार्थी गरेर ४७ जना भएकोमा १४ जनाले परीक्षा बहिष्कार गरेका छन्। परीक्षाहलमै उत्तर पुस्तिका फालेर उनीहरु निस्किएका थिए ।

परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएपछि पुन परीक्षा शुरु भएको थियो। त्यसपछिको परीक्षामा सहभागी परीक्षार्थीले अमर्यादित रुपमा परीक्षा दिए ।

परीक्षा अमर्यादित भएपछि परीक्षामा खटिएका शिक्षक कर्मचारीलाई विभागीय कार्वाही गर्ने र पहिलो दिनको परिक्षा रद्द गर्ने निर्णय परीक्षा समन्वय समितिले गरेको छ।

१० जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ १० सोमवार १५:१५ मा प्रकाशित

You can share this post!

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

वि.सं.२०८० असोज ४ बिहीवार १७:५३

काठमाडौं । नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

वि.सं.२०८० असोज ४ बिहीवार १७:४४

काठमाडौँ, ४ असोज : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको...

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय   

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय   

वि.सं.२०८० असोज ४ बिहीवार १७:३२

अशोक घिमिरे काठमाडौँ, ४ असोज : सरकारले श्रम आप्रवासनमा देखिएका...

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड   

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड   

वि.सं.२०८० असोज ४ बिहीवार १७:२७

काठमाडौँ, ४ असोज : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

दुर्गममा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तार गर्न आग्रह

दुर्गममा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तार गर्न आग्रह

वि.सं.२०८० असोज ४ बिहीवार १७:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री...

शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन : रास्वपा

शिक्षकहरुले विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गर्न मिल्दैन : रास्वपा

वि.सं.२०८० असोज ४ बिहीवार १६:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र...