back

अब पोखराको प्याराग्लाइडिङ र अल्ट्रालाइटको विकल्प पर्वत नै

Kumari bank ad

पर्वत । पोखरा आएका पर्यटकलाई पर्वत र बागलुङका पर्यटकीय स्थलमा घुम्न जाउ अभियान सुरु गरिएको छ। पोखरा भित्रिएका पर्यटकलाई पर्वत हुँदै बागलुङको ढोरपाटनसम्म पुर्याउने तयारी गरिएको हो।

पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखरा र पर्वत पर्यटन प्रबद्र्धन केन्द्रको पहलमा पोखरा घुम्न आउने पर्यटकलाई पर्वत सदरमुकाम वरपरका आकर्षक धार्मिक तथा पर्यटकीयस्थल हुँदै ढोरपाटन पुर्याउने तयारी गरिएको हो। पोखरा आएका पर्यटकलाई ढोरपाटनसम्म पुर्याउन पोखरा र पर्वतका पर्यटन ब्यवसायीले ढोरपाटनसम्म पुगेर अध्ययन गरिसकेका छन्।

न्युनतम चार रात पाँच दिनमा ढोरपाटन घुमेर पोखरा फर्कने गरी प्याकेज बनाएमा दुई रात दुई दिन पर्वत र दुई रात तीन दिन बागलुङमा पर्यटकले बिताउनेछन्।

पोखराबाट बिहान बसमा चढेका पर्यटकले पहिलो दिन पर्वत सदरमुकाम वरपरका पर्यटकीयस्थलको अवलोकनपछि चित्रेको होमस्टेको मज्जा लिन सक्नेछन, दोस्रो दिन चित्रेबाट पञ्चासे हुँदै आर्थर डाँडाखर्कका होमस्टेको अवलोकनपछि कुश्मामा बास हुनेछ। तेस्रो दिन बागलुङको प्रसिद्ध कालिका मन्दिर हुँदै साँझ सवारीसाधनमा ढोरपाटन पुग्न सकिन्छ । तेस्रो र चौथो रात ढोरपाटनमा बिताएपछि त्यहाँ ढोरपाटन शिकार आरक्ष, उत्तरतर्फ बगेको प्रसिद्ध उत्तरगंगा नदी, ढोरबाराही मन्दिर, गुम्बाको अवलोकन, ढोरपाटन क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।

पर्वतमा नेपालकै अग्लो झोलुङ्गे पुल, हजार मिटर लामो गुफा, केबलकार मोडलको यान्त्रिक पुल, निर्माणाधीन अवस्थामा रहेको बञ्जीजम्प रहेका छन्। त्यस्तै पर्वतमा कालीगण्डकी नदीमा ¥याफ्टिङको मज्जा लिन सकिन्छ । दुर्लुङकोटबाट कुश्मा र बागलुङको बलेवामा प्याराग्लाइडिङ समेत सञ्चालन गर्ने तयारी छ।

पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण भएपछि प्याराग्लाइडिङ, अल्टालाइटको विकल्प पर्वतमै भएका कारण पर्यटकीय शहर पोखरासँग पर्वतको छुट्टै सम्बन्ध रहने विश्वास पर्यटन व्यवसायीहरुको छ ।

१० जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ १० सोमवार १५:३९ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

वि.सं.२०८० असोज १६ मंगलवार १४:१४

काठमाडौँ, १६ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा...

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

वि.सं.२०८० असोज १६ मंगलवार १४:०९

नेपालगञ्ज (बाँके) १६ असोजः जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो...

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...