back
mega bank Ad
Hero Ad

नाराको त्रिशुली जलयात्रा महोत्सव, सहभागी हुन २ हजार तिनुपर्ने

काठमाण्डौं । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले आगामी शनिबार त्रिशुली नदीमा जलयात्रा महोत्सव गर्ने भएको छ।

२८ औं वार्षिकोत्सवको अवसरमा जलयात्रा महोत्सव हुन लागेको नाराले जनाएको छ। धादिङको बेल्खुदेखि मलेखुसम्म त्रिशुली नदीमा जलयात्रा महोत्सव हुनेछ। सरकारले त्रिशुलीका अतिरिक्त कर्णाली, कालीगण्डकी, भोटेकोशी, सुनकोशी, अरुण, तमोर लगायतका विभिन्न १६ वटा नदीहरु जलयात्राका लागि खुला गरेको छ।

नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले आन्तरिक पर्यटन प्रबद्र्धन गरी साहसिक जलयात्राका लागि नेपाल सुरक्षित भएको सन्देश दिनका लागि महोत्सव गर्न लागेको बताए।

जलयात्रा महोत्सवमा करिब ७ सय जनाले सहभागिता जनाउने नाराको अनुमान छ। उसले ३० किलोमिटर लामो जलयात्रामा सहभागी हुनका लागि २ हजार रुपैयाँ शुल्क तोकेको छ । त्यो शुल्कमा काठमाडौबाट दुई तर्फी यातायात र दिउँसोको खाना खर्च समावेश गरिएको नाराले जनाएको छ।

१० जेठ २०७३, १.००

वि.सं.२०७३ जेठ १० सोमवार १५:५९ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...