back
NMB Ad

नेप्से साढे १४ अंकले बढ्दा झण्डै डेढ अर्बको सेयर कारोबार

काठमाडौं । बजारमा झण्डै डेढ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। बजारमा आज हालसम्मकै उच्च रकम अर्थात १ अर्ब ४४ करोड ५१ लाख रुपैयाँको कारोबार भयो।
सोमवार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेर अडिएको छ । आइतवार नयाँ बनाएको रेकर्डलाई तोड्दै आज नेप्से १ हजार ५ सय २४ अंकमा पुगेको हो । आइतवार १ हजार ५ सय ९ दशमलव ३९ अंकमा पुगेको थियो ।

सोमवार नेप्से १४ दशमलव ६८ अंकले बढेको छ । सो दिन कारोवारमा आएका अधिकांश समुहको परिसुचक बढ्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सोमवार बीमा समुहको परिसुचक सबैभन्दा बढी २ सय ६१ दशमलव ०३ अंक्ले उकालो लागेको छ ।

त्यस्तै विकास बैंक १२ दशमलव ३८ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १० दशमलव ५१ अंकले बढेको छ । त्यस्तै गरी उत्पादन र होटल समुहको परिसुचक क्रमशः ३ दशमलव २ र १ दशमलव १३ अंकले बढेको छ । यता अन्य,फाइनान्स र जलविद्युत समुहको परिसुचक भने क्रमशः २ दशमलव ३४,२ दशमलव ४५ र १० दशमलव ४७ अंकले ओरालो लागेको छ ।

सोमबार हिमालयन जनरन इन्स्योरेन्सको कारोवार सवैभन्दा बढी ८ करोड ५५ लाख रुपैयाँ भएको थियो । सो दिन १ सय ३५ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको ३३ लाख ६२ हजार कित्ता सेयरबाट १ अर्व ४४ करोडको कारोवार भएको छ ।
प्रकाशितः २०७३ जेठ १०

वि.सं.२०७३ जेठ १० सोमवार १७:०० मा प्रकाशित

You can share this post!

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ चैत १४ बिहीवार १०:१३

वीरगञ्ज (पर्सा) : पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड...

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड   

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड   

वि.सं.२०८१ चैत १४ बिहीवार १०:०७

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:४१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:३३

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...