काठमाण्डौं । केही दिनदेखि स्थिर रहेको सुनको भाउ आज मंगलबार प्रतितोला २ सय रुपैयाँ घटेको छ।
मूल्य घटेसँगै सुन आज ५५ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सोमबार सुन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि केही दिनदेखि सस्तिदैँ गएको छ। हिजो ७ सय ६५ रुपैयाँ कायम भएको चाँदी आज ५ रुपैयाँ घट्दै ७ सय ६० रुपैयाँमा झरेको छ।
चाँदीको मूल्य गत सोमबार प्रतितोला ७ सय ९० रुपैयाँ पुगेको थियो।
प्रकाशितः २०७३ जेठ ११
वि.सं.२०७३ जेठ ११ मंगलवार ११:३५ मा प्रकाशित