
काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणका लागि प्राथमिक सेयर निश्कासन गर्दा आफ्ना कर्मचारीहरुलाई अनिवार्य ५ प्रतिशत हिस्सा दिनुपर्ने प्रावधान खारेज गर्न सिफारिस गरिएको छ ।
अर्थ समितिले गठन गरेको उपसमितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको विधेयक- ०७२ माथि छलफल गरी यस्तो प्रतिवेदन तयार पारेको हो । अर्थ समितिले गत माघ ४ गते सांसद दिपक कुइँकेलको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिमा रहेका अधिकांश सांसदहरुले बैंकका कर्मचारीलाई सेयर दिँदा त्यहाँभित्रका गोप्य सूचनाहरु ‘लिक’ गरी सेयर बजारमा चलखेल गर्ने धारणा राखेपछि कर्मचारीलाई सेयर दिन नहुने प्रतिवेदन तयार पारेको हो । उपसमितिले मंगलबार अर्थ समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्दैछ ।
११ जेठ २०७३, ९.००
वि.सं.२०७३ जेठ ११ मंगलवार १२:३१ मा प्रकाशित