back
NMB Ad

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना बन्द !

Royal Enfield Inside Page Banner

काठमाण्डौं । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा देखिएको समस्या समाधानका लागि एक हप्ता परियोजना बन्द गरिएको छ। स्याङ्जाको मिर्मीमा रहेको आयोजना मर्मतका लागि हिजो मंगलबार बिहानदेखि बन्द गरिएको आयोजना प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिए।

प्रमुख पाण्डेका अनुसार सुरुङबाट पेनस्टक हुँदै टर्वाइनसम्म पानी पठाउने पाइपको मुख्यद्वारमा समस्या देखिएपछि मर्मतका लागि उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो। उनले कम्तीमा पनि मर्मतका लागि एक साता समय लाग्ने बताए।

कुल १४४ मेगावाट क्षमताको सो आयोजनाको मंगलबार बिहानसम्म ९० मेगावाट विद्युत् उत्पादन गर्दै आएको थियो। एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले समस्या पैदा भएको उनले बताए। विगत १४ वर्षदेखि चल्दै आएको सो परियोजनाको उक्तद्वार पहिलो पटक मर्मत हुन लागेको हो। आयोजनामा तीनवटा युनिटबाट ४८ मेगावाटका दरले विद्युत् उत्पादन हुँदै आएको थियो।

१२ चैत २०७३, ९.००

वि.सं.२०७३ जेठ १२ बुधवार १०:५४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
मंसिर २३ गते प्रदेशभर सार्वजनिक बिदा

मंसिर २३ गते प्रदेशभर सार्वजनिक बिदा

वि.सं.२०८१ मंसिर २० बिहीवार १३:४४

जनकपुरधाम । जनकपुरधाम । मधेश प्रदेश सरकारले मंसिर २३ गते...

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज   

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज   

वि.सं.२०८१ मंसिर २० बिहीवार १३:२४

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा काठमाडौँ...

एनपीएल : जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

एनपीएल : जनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:१९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार...

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा   

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा   

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:०७

भोजपुर : जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ)...

एनपिएल: पोखराद्वारा जनकपुर सामु १३९ रनको लक्ष्य प्रस्तुत   

एनपिएल: पोखराद्वारा जनकपुर सामु १३९ रनको लक्ष्य प्रस्तुत   

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:५२

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा पोखरा...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विशेष छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विशेष छुट

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:४५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय,...