काठमाण्डौं । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ताको माग गर्दै बिहीबार चक्काजाम घोषणा गरेका यातायात व्यवसायीले निजी सवारी साधन चल्न दिने बताएका छन् । उनीहरुले निजी सवारी साधनलाई पनि आफूहरुलाई साथ दिन आव्हान भने गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा आज बुधवार बसेको बैठकले भाडाका सवारी साधनलार्इ पूर्ण रुपमा रोक लगाउने तर निजी सवारी साधनलार्इ कुनै अवरोध नगर्ने निर्णय गरेको हो । भएको हो ।
यातायात व्यवसायीले भोलि देशव्यापी चक्काजाम घोषणा गरेका छन् । उनीहरुले भोलि बिहीबार बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म भाडाका सवारी चल्दैनन् ।
यातायात व्यवसायीले चार वर्षअघि राजमार्ग लाइफलाइन भएकोले बन्द, हड्ताल निषेध गर्दै शान्ति क्षेत्र घोषणा कार्यान्वयनको माग गर्दै झन्डै सरकार र सबै राजनीतिक दललार्इ ज्ञापनपत्र बुझाएका थिए ।
ट्राफिक प्रहरीले जेठ १ गतेदेखि न्युनतम ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना गर्ने गरी सवारी ऐन संशोधन अनुसारको व्यवस्था लागू गरेको छ। त्यसै अनुसार जरिवाना रसिद काट्न सुरु गरेपछि यातायात व्यावसायी र मजदुर संगठनहरुले आन्दोलन घोषणा गरेका हुन्।
१२ चैत २०७३, १०।००
वि.सं.२०७३ जेठ १२ बुधवार १२:०४ मा प्रकाशित