
काठमाण्डौं । संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले निजी विद्यालयले मनपरी शुल्क लिने विद्यालयलाई सरकारले कारवाही नगरेको भन्दै आजै त्यस सम्बन्धमा शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
नेविसंघका प्रवक्ता युपी लामिछानेका अनुसार शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएको तीन दिनभित्र सरकारले माग पूरा नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने संयुक्त विद्यार्थी संगठनले जनाएको छ। सरकार विद्यार्थी संगठनबीच बढी शुल्क लिने विद्यालयको अनुगमन गर्ने र बढी शुल्क लिएको पाइए कारवाही गर्ने सहमति भएको थियो।
सो सहमति अनुसार सरकारले अनुगमन गरेको तर त्यसको विवरण सार्वजनिक नगरेको भन्दै विवरण सार्वजनिक गर्न विद्यार्थी संगठनले दबाब दिँदै आएका छन्।
१२ चैत २०७३, ११।००
वि.सं.२०७३ जेठ १२ बुधवार १३:१० मा प्रकाशित