back

यसरी भयो ङादीको सेयर बाँडफाँड

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले खोलेको आईपीओ सेयरको बाँडफाँड आज भएको छ । एनआईबीएल क्यापिटल लाजिम्पाटमा एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरिएको हो ।

न्यूनतम तोकिएको ५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि अधिकतम ५० हजार कित्ता अर्थात ५० लाख रुपैयाँसम्मको आवेदन परेको थियो । यस कम्पनीमा ठूला लगानीकर्ता बढी मात्रामा लाभान्वित भएका छन् ।

सामान्यतः ५० हजार रुपैयाँभन्दा बढी लगानी गर्नेलाई ठूला लगानीकर्ताको रुपमा लिइने गरिन्छ । यद्यपी ङादी हाइड्रोको सेयरमा भने ८० हजार रुपैयाँसम्मको आवेदन गर्नेलाई नै गोलाप्रथाबाट छनौट गरी १० कित्ता सेयर दिइएको छ ।

५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि ८० हजार  रुपैयाँ अर्थात ८ सय कित्तासम्मको आवेदन दिनेहरुलाई गोलाप्रथाबाट छानेर १० कित्ता सेयर दिइएको हो ।

त्यस्तै ८१०  कित्ता ९८१ हजार रुपैयाँ०देखि ९ सय कित्ता ९९० हजार रुपैयाँ०सम्म आवेदन दिनेलाई पनि १० कित्ता सेयर दिइएको छ । यो समूहको लगानीकर्ता सबैले १० कित्ता सेयर पाएका छन् ।

त्यसभन्दा माथि अर्थात ९ सय १० कित्तादेखि ५० हजार कित्ता सम्मको सेयर माग गर्नेहरुलाई १। १६ प्रतिशतले हुन आउने सेयर दिइएको छ । यस हिसावले ५० हजार कित्ता सेयर माग गर्ने आवेदकले ५ सय ८० कित्ता सेयर पाएका छन् ।

कम्पनीले गत चैत २१ देखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यका ९ लाख ७३ हजार सात ७३७ कित्ता सेयर निष्कासन गरेको थियो जसमा माग गरिएको शेयर भन्दा ९० गुणा बढी अर्थात करिब ८ अर्ब १६ करोड रूपैयाँको सेयर आवेदन परेको थियो ।

ङादी ग्रुपको हाल चुक्तापूँजी ३४ करोड ८ लाख ७ हजार ५ सय रुपैयाँ रहेको छ । कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट विद्युत उत्पादन सुरु भइसकेको जानकारी कम्पनीले दिएको छ ।

प्रकाशितः २०७३ जेठ १२

वि.सं.२०७३ जेठ १२ बुधवार १३:०४ मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...