back

तरकारीले बजार नपाउँदा किसान मारमा !

दाङ । उत्पादन गरेको तरकारीको व्यवस्थित बजारीकरण नहुँदा किसान मारमा परेका छन् । चैतको मध्यदेखि उत्पादन हुन थालेको बेमौसमी तरकारी जेठ पहिलो सातामा आइपुग्दा उत्पादन बढेर १० गुना पुगेपनि तरकारीले बजार नपाउँदा किसान मारमा परेका हुन् ।

बेमौसमी तरकारीको देउखुरी बाहिर बजारीकरण हुन सकेको छैन । खपत भएको तरकारीको मूल्य समेत पाँचगुना घटेको किसान बताउँछन् ।

तरकारीको बजार व्यवस्थापनका लागि सरोकारवालाले चासो नदिएको किसानको गुनासो छ । देउखुरी क्षेत्रमा चिस्यान केन्द्र समेत छैन । त्यस्तोमा विचौलियाले फाइदा उठाउने गरेका छन् ।

करेला सोझै उपभोक्तालाई प्रतिकिलो रु २० देखि रु ३० मा बिक्री गरेपनि ठेकेदारले प्रतिकिलो रु १० देखि रु १२ मात्र दिने गरेका छन् । वैशाख अन्तिम सातासम्म करेला प्रतिकिलो रु ६० मा बिक्री भएको थियो ।

यस्तै बोडी प्रतिकिलो रु ३० रुपैयाँ, काँक्रा रु १५ देखि रु २० तथा रामतोरिया प्रतिकिलो रु ३० मा बिक्री भइरहेको छ । देउखुरीमा दैनिक सयौं टन तरकारी उत्पादन हुन्छ ।

१२ चैत २०७३, १.००

वि.सं.२०७३ जेठ १२ बुधवार १५:१० मा प्रकाशित

You can share this post!

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १४:०३

बैतडी, ८ असोज : भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे...

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

वि.सं.२०८० असोज ८ सोमवार १३:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ८ असोज : गलकोट नगरपालिका–५...

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

वि.सं.२०८० असोज ८ सोमवार १३:१८

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता...

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत   

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत   

वि.सं.२०८० असोज ८ सोमवार १२:५५

हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत...

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द   

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १२:४८

दोधारा चाँदनी (कञ्चनपुर), ८ असोज : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय...

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता   

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता   

वि.सं.२०८० असोज ८ सोमवार १२:४१

चितवन, ८ असोज : जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा...