back

चीनको नयाँ आविष्कार, ट्राफिक जाममा नफस्ने बस !

Kumari bank ad

बेइजिङ । यात्रा गर्दा सबैभन्दा धेरै तनाव हुने विषय हो ट्राफिक जाम। महत्वपूर्ण समयलाई यसैले किल गरिरहेको हुन्छ। चीनको राजधानी बेइजिङमा आयोजित १९ औं इन्टरनेसनल हाइटेक एक्पोमा यस्तो बसको डिजाइन सार्वजनिक भयो कि त्यसले ट्राफिक जाम नै बेहोर्न पर्दैन।

बिद्युतीय यो बसलाई ओभरल्याप बस पनि भनिएको छ। वाइड आकारको यो बसमा एकैपटक १४ सय प्यासेन्जर यात्रा गर्न सक्छन् भने सडकमा यो बस गुडिरहँदा बसको मुनिबाट ७ फिट अग्ला साना गाडीहरु पनि वारपार भइरहन सक्छन्। बस चलोस या रोकियोस् यो बसले कसैलाई अवरोध गर्दैन। बसको मुनिको भागबाटै साना गाडीहरु पास हुन सक्छन्।

असाध्यै धेरै ट्राफिक जाम बेहोर्ने विश्वकै धेरै जनसंख्या भएको मुलुक चीनले तयार पारेको यो मोडल व्यवहारमा आउने हो भने यसले मेट्रो वा ट्राम सेवालाई नै विस्थापित गर्नसक्ने देखिन्छ। यो गाडी ६४ किलोमिटर प्रतिघन्टाको रफ्तारमा चल्न सक्छ। हतारमा रहेका अरु गाडीहरु यो गाडीभित्रबाटै तिब्र गतिमा अघि बढ्न सक्छन्। अनि साना गाडीहरु रोकिएको व्यस्त ठाउँबाट यो गाडी विना कुनै अवरोध अगाडि बढ्न सक्छ। अहिले चलिरहेका ४० वटा ठूला बसलाई यो डिजाइनको एउटै बसले विस्थापित गर्छ।

चेङ्हाउमा यसको निर्माण थालिएको छ र अगस्ट महिनामा परीक्षण गर्ने तयारी छ। यदि यो महत्वकांक्षी योजना सफल भयो भने यसले कार्बन उत्सर्जन घटाउँछ भने यातायातको क्षेत्रमा नयाँ क्रान्ति नै ल्याउँछ।

१२ चैत २०७३, १.००

वि.सं.२०७३ जेठ १२ बुधवार १५:४९ मा प्रकाशित

You can share this post!

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...