back

अब हकप्रद सेयर निस्कासनको लागि ५ दिनभित्रै स्वीकृति

काठमाण्डौं ।  नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निस्कासनको लागि सम्पूर्ण कागजात र प्रक्रिया पुरा भएमा ५ दिनभित्रै बोर्डले स्वीकृति दिने भएको छ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको पुँजी बृद्धिका लागि ठूलो परिमाणमा हकप्रद सेयर निस्कासनको तयारी गरेका बेला बोर्डले यसलाई थप सहजता प्रदान गरेको हो।

हकप्रद सेयर निस्कासन अनुमतिको निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र निवेदनसँग संलग्न विवरण तथा कागजातको अध्ययन पुुरा गरी आवश्यकताअनुसार सुधार तथा संशोधनका लागि सुझाव दिने र आवश्यक कागजात पुरा भएको ५ दिनभित्र स्वीकृति दिइने बोर्डले जनाएको छ।

बोर्डले अंकित मूल्यमा हकप्रद सेयर निस्कासनको प्रस्ताव हुनुपर्ने, प्रतिसेयर नेटवर्थ १ सयभन्दा बढी हुनुपर्ने, सेयरको अंकितमूल्यभन्दा बजार मूल्य बढी हुनुपर्ने, ५ वर्षदेखि कम्पनी संचालनमा आई ३ वर्षदेखि नाफामा संचालन भएको हुनुपर्ने, खराब कर्जा ९एनपीए० राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने र पुँजी बृद्धि गरिएको सम्वन्धमा प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भई कम्पनी रजिष्टारको कार्यालयमा अभिलेख भएको हुनुपर्ने शर्तहरु उल्लेख गरिएको छ।

प्रकाशितः २०७३ जेठ १३

वि.सं.२०७३ जेठ १३ बिहीवार ११:५२ मा प्रकाशित

You can share this post!

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...