back

फुटबलर बिमल घर्ती मगरकी बहिनीको हत्या !

Kumari bank ad

कावासोती । फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् ।

आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएको प्रहरी उपरीक्षक ९एसपी० राजेन्द्र चौधरीले जानकारी दिए । टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । बेलुका ८÷९ बजेतिर घटना भएको हुन सक्ने एसपी चौधरीले बताए ।

पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धान थालेको छ बेलुकासम्ममा यथार्थ कुरा बाहिर आउँछ प्रहरी उपरीक्षक चौधरीले “परीक्षणका लागि अस्पतालमा शव ल्याएका छौँ आत्महत्या हो कि कर्तव्य हो पत्ता लाग्छ” भनेका छन् । उनको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ ।

मनिषाको शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।

१३ जेठ २०७३, ११.००

वि.सं.२०७३ जेठ १३ बिहीवार १२:३७ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...