back

एक लाख ८० हजारमा पर्ने दूध दुहुने मेसिन पहिलोपटक इलाम भित्रियो

काठमाण्डौं । इलामको सूर्योदय नगरपालिकास्थित त्रिब्रदर्स गाई फार्ममा गाई दुहुनका लागि जिल्लामै पहिलोपटक मिल्किङ मेसिन ल्याइएको छ ।

पशु उत्पादन निर्देशनालय हरिहरभवन, काठमाडौँमार्फत जिल्ला पशुसेवा कार्यालयको ५० प्रतिशत अनुदान र गाई फार्मको ५० प्रतिशत लगानीमा उक्त मेसिन खरिद गरिएको हो । सूर्योदय नगरपालिका–३ भालुखोपमा गाई फार्म सञ्चालन गर्दै आएका विष्णुकुमार रेग्मी, अरुण रेग्मी र याम रेग्मीले पोखराबाट मेसिन खरिद गरेका हुन् ।

इटालीमा बनिएको सो मेसिन रु एक लाख ८० हजारमा खरिद गरिएको फार्म सञ्चालक विष्णुकुमार रेग्मीले बताए। विद्युत्बाट सञ्चालन हुने सो स्वचालित मेसिनबाट सहजै दूध दुहुन सकिन्छ । विद्युत् नभएको बेलामा पनि मेसिनमै जडित जेनेरेटरबाट सञ्चालन हुन्छ । सो जेनेरेटर पेट्रोलबाट सञ्चालन हुन्छ । डबल बकेट सिस्टम भएको उक्त मेसिनले १० मिनेटमा सिङ्गल बकेटमा १५ लिटरका दरले डबल बकेटमा ३० लिटर दूध दुहुन्छ ।

यहाँबाट पठाइएका दुईवटा प्रस्तावमध्ये यस वर्ष त्रिब्रदर्स गाई फार्मको मात्र प्रस्ताव स्वीकृत भई उक्त मेसिन खरिद गरिएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा पशुपति ढुङ्गानाले बताए। मेसिनले दुहेको दूध स्वच्छ र स्वस्थ हुने बताउँदै ढुङ्गानाले भने, “ठूल्ठूला फार्मका लागि आधुनिक मेसिन प्रभावकारी हुन्छ ।”

मिल्किङ मेसिन प्रयोगसँगै समय र श्रमसमेत कम लाग्ने रेग्मी बताउँछन्। सरकारी अनुदानमा मेसिन पाउँदा गाई फार्म सञ्चालक उत्साहित बनेका छन् । विगत तीन वर्षदेखि रेग्मीबन्धुले गाई फार्म सञ्चालन गरिरहेका छन् ।

करिब ९० रोपनी जग्गा वार्षिक दुई लाख रूपैयाँ भाडा तिरेर रेग्मीबन्धुले २४ वटा होलिस्टिन जातका गाई पालेका छन् । ती गाईबाट दैनिक १५० लिटरसम्म दूध उत्पादन हुने गरेको फार्म सञ्चालक अरुणले बताए।

प्रकाशितः २०७३ जेठ १३

वि.सं.२०७३ जेठ १३ बिहीवार १२:२८ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...