
काठमाडौं । कृषिमन्त्री हरिबोल गजुरेलले ७ अर्बको कृषि बजेट ल्याउने बताएका छन् ।
हिमालय कलेज अफ एग्रीकल्चर साईन्सेस एण्ड टेक्नोलोजी हिकाष्ट कलेजको पन्ध्रौ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कृषिमन्त्री गजुरेलले मुलुकले कृषिक्षेत्रमा उल्लेखनिय फड्को मारेकोले आगामी दिनमा प्रविधीलाई पछ्याएर समग्र कृषि क्षेत्रको संभावनालाई यथार्थमा बदल्न सकिने स्पष्ट पारे ।
जीविकोपार्जन कृषि प्रणालीको निरन्तरताले कृषिको विकास नहुने भन्दै मन्त्री गजुरेलले व्यवसायिक कृषिको विकासका लागि हिकाष्ट कलेजसँग सहकार्य गरेर अघि बढ्ने समेत उद्घोष गरे । कार्यक्रममा कृषि तथा पशु चिकीत्सा क्षेत्रमा लामो समयदेखि लागिपरेका व्यक्ति, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रकाशितः २०७३ जेठ १३
वि.सं.२०७३ जेठ १३ बिहीवार १५:०४ मा प्रकाशित