back

उद्योगी सुरेश केडिया अपहरित !

वीरगञ्ज । औद्योगिक नगरी वीरगञ्जका उद्योगी सुरेश केडिया हिजो साँझ अपहरणमा परेका छन्। बाराको बरियारपुर बजारमा रहेको राइस मिलबाट वीरगञ्ज घर फर्किने क्रममा चालकलाई गोली हान्दै गाडीबाट निकाली अर्कै गाडीमा राखी अज्ञात व्यक्तिहरुले अपहरण गरी लगेका हुन्।

महागढीमाइ नगरपालिकाको बगवन गाउँ नजिक रहेको पसाह पुलमा अपरिचित हतियारधारीले साँझ साढे ६ बजे गोली हान्दा बा १० च ७२४० बलेरो गाडीका चालक पर्सा विन्देवासिनी २ बस्ने रामुनेश कानु घाइते भएका छन्।

३४ वर्षका कानुको दाहिने गालामा गोली लागेको छ। गोली लागेका कानुलाई गाडीबाट निकालेर गाडीसहित अपहरण गरिएको हो। नारायणी उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको उनको अवस्था गम्भीर भएपछि भरतपुर लगिएको छ।

केडिया वीरगञ्जका पुराना उद्योगी हीरालाल केडियाका माइला छोरा हुन्। उनको परवानीपुरमा राजहंस मैदा मिल रहेको छ। बारा र पर्सा प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएका छन्।

१४ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ १४ शुक्रवार ११:३७ मा प्रकाशित

You can share this post!

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

वि.सं.२०८० असोज ६ शनिवार १७:३९

काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७...

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

वि.सं.२०८० असोज ६ शनिवार १७:३४

काठमाडौं । धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप...

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

वि.सं.२०८० असोज ६ शनिवार १७:३०

गण्डकी, ६ असोज : राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय...

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

वि.सं.२०८० असोज ६ शनिवार १७:२३

रमेश लम्साल काठमाडौँ, ६ असोज : सरकारले मुलुकको ऊर्जा क्षेत्रको...

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

वि.सं.२०८० असोज ६ शनिवार १७:१६

काठमाडौं । नेपाल पर्यटन बोर्डको आ.व. २०८०/८१ को बजेट शनिबार...

काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय आवेदन   

काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय आवेदन   

वि.सं.२०८० असोज ६ शनिवार १७:०४

काठमाडौँ ६ असोज : काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय...