
काठमाण्डौं । बेलायतको चर्चित ब्रान्ड एमजीको गाडी नेपाली बजारमा आएको छ । सन् १९२४देखि व्यवसायिक उत्पादन भएको यो गाडीको नेपालको आधिकारिक बिक्रेता एसएलआर टेक्नो तथा ट्रेड प्रालिले नेपाली बजारमा ल्याएको हो ।
स्पोर्टस गाडीमा विश्वबजारमा चर्चा कमाएको यो गाडी अहिले भने चीनमा उत्पादन हुँदै आएको छ । अहिले नेपाली बजारमा एमजी(३ र एमजी(६ दुर्इ मोडल मात्रै आएको छ । यो गाडीको मूल्य न्यूनतम ३६ लाखदेखि ६२ लाख रुपैयाँसम्म छ । गाडीको शोरुम भने नयाँबानेश्वरको कृष्णटावरमा छ ।
१४ जेठ २०७३, १०.००
वि.सं.२०७३ जेठ १४ शुक्रवार ११:४४ मा प्रकाशित