
ललितपुर । पाटन पुनरावेदन अदालतले बैंकिङ कसुर गरेको अभियोगमा तत्तकालिन किष्ट बैंकका प्रबन्ध सञ्चालक सहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको छ ।
नेपाल राष्ट्र बैंकले हालेको मुद्दामा तत्कालिन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई चार बर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको हो । किशोर सिलवाल र चन्डिराज ढकालको संयुक्त इजलासले २३ जनामध्ये ८ जनालाई कैद र जरिवानाको फैसला सुनाएको हो ।
अदालतले हिजो बिहीबार ऋणी किशोर ढकाल र उनको ग्यारेन्टी बस्ने श्रीमती देवकी ढकाललाई पनि कैद र जरिवानाको फैसला गरेको छ । उनीहरुलाई पनि ज्ञवालीजति नै कैद र जरिवानाको फैसला गरिएको हो ।
यसवाहेक सम्पति मूल्यांकनकर्ता (भ्यालुएटर) कोमानन्द अधिकारीलाई पनि कैद र जरिवाना गरिएको छ । बाँकी चार जना माथिल्लो तहका कर्मचारीहरुलाई दुई बर्ष कैदको फैसला गरिएको छ ।
१४ जेठ २०७३, १०।००
वि.सं.२०७३ जेठ १४ शुक्रवार ११:५१ मा प्रकाशित