back
mega bank Ad
Hero Ad

कहिले आउला बैंकहरुको २० अर्ब ३७ करोड रुपैयाँको सेयर !

काठमाण्डौं । १४ बाणिज्य बैंकहरुले २० अर्ब ३७ करोड रुपैयाँको हकप्रद शेयर आगामी दिनमा जारी गर्ने भएका छन् । सेयर नियमन नियकाबाट अनुमति लिइसकेको र अनुमति लिन बाँकी रहेकाले यति धेरै रकमको सेयर एकै पटक बजारमा भने आउनेछैन ।

हाल कायम २९ बाणिज्य बैंकहरु मध्ये १४ वटाले हकप्रद शेयर जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्ने निर्णय गरिसकेका छन् । यसले गर्दा सेयर बजारमा यति धेरै मात्रामा सेयर एकै पटक आउन लागेको हो ।

सबैभन्दा धेरै अनुपातमा लक्ष्मी बैंकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ भने सबैभन्दा कममा हिमालयन बैंकको अनुपात छ । नेपाल एसबीआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेकोछ ।

सानिमा, सिटीजन्स, कृषि बिकास र माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको आधा हकप्रद जारी गर्ने निर्णय गरेकोछ । एभरेष्ट र स्टान्डर्ड चार्टर्डले पनि कम्तिमा ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गर्ने भएका छन् ।

यी ९ बैंक बाहेक अन्य ५ बैंकहरुको गरेर बजारमा २० अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर आउन लागेको हो । तर यो कहिलेसम्म आउनेछ भन्ने विषय भने अहिले अन्योल नै छ ।
१४ जेठ २०७३, १।००

वि.सं.२०७३ जेठ १४ शुक्रवार १४:१५ मा प्रकाशित

You can share this post!

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:१५

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:४४

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक...

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको...

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:३७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा...