back

गर्मी बढी भएको भन्दै प्रहरीमा उजुरी, सूर्यलाई कारवाही गर्न माग

Kumari bank ad

यो दुनियामा बाँच्नु मात्र पर्दछ, के के देख्न र सुन्न पाइन्छ । हुँदा हुँदा मानिसले सूर्य विरुद्ध पनि मुद्दा हाल्न थालेका छन् ।

हाम्रो छिमेकी मुलुक भारतमा बढि चर्को गर्मी गराएको भन्दै एकजना भारतीयले सूर्य विरुद्ध पुलिसमा उजुरी हालेका छन् ।

मध्यप्रदेशस्थित शाजापुरका शिवपाल सिंहले गर्मीको लागि जिम्मेवार सूर्य विरुद्ध पुलिसमा उजुरी दिँदै सूर्यमाथि कारवाही गर्न माग गरेका छन् ।

पुलिसको नाउँमा सोसल मिडिया मार्फत पठाएको उजुरीमा शिवपालले सूर्य देउताले आफ्नो घामका कारण आफुलाई मानसिक तथा शारीरिक प्रताडता दिइरहेको उल्लेख गरेका छन् । उनले भारतीय संविधान अनुसार सूर्यलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

कोतवाली पुलिस चौकीले भने अहिलेसम्म कुनै लिखित उजुरी नआएको जनाएको छ । तर शिवपाल नामक व्यक्तिले पुलिसको नाउँमा उजुरी दिएर फेसबुक र ट्विटरमा भाइरल बनाएका छन् । ती शिवपाल को हुन् रु त्यो पनि थाहा हुन सकेको छैन । उक्त पुलिस चौकी आसपासका क्षेत्रमा शिवपाल नाम गरेका ३ जना व्यक्ति रहेपनि तिनैजनाले उक्त उजुरी आफ्नो नभएको बताएका छन् ।

सायद सोसल मिडियामा भाइरल भएकै भरमा पुलिस सूर्यमाथि कारवाहीमा नउत्रिएला । हाम्रोमा भएको भए त फेसबुकको पोष्ट प्रिन्ट गरेर अख्तियारले पुलिस चौकीलाई पत्र काटिसक्थयो होला सूर्यलाई कारवाही गर्न आदेश दिँदै । तर उक्त पुलिस चौकीका प्रमुखले भने गर्मी भनेको प्राकृतिक प्रक्रिया रहेको र सूर्यलाई कारवाही गर्न सकिने कुनै आधार र क्षमता नै नभएको भन्दै लिखित उजुरी परिहाले पनि त्यसमा कुनै कारवाही नहुने बताएका छन् ।

प्रकाशितः एजेन्सीको सहयोगमा,२०७३ जेठ १५

वि.सं.२०७३ जेठ १५ शनिवार १०:५५ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...