
काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएशन नेपाल (टान) ले ३८ औं वाषिर्कोत्सवका अवसरमा आइतबार रसुवामा हाफ म्यारथन आयोजना गर्ने भएको छ । टानले गोसाइकुण्डदेखि धुन्चेसम्म २१ किलोमिटरको म्याराथन गर्न लागेको हो ।
टानले गर्न लागेको प्रथम टान गोइसाइकुण्ड हाफ म्याराथनमा ६ जना विदेशीसहित १ सय ३ जना धावकले सहभागि हुनेछन् ।
प्रतियोगितको आइतबार वनमन्त्री अग्नी सापकोटाले उद्घाटन गर्ने कार्यक्रम छ । भूकम्पपछि पनि लाङटाङ पदमार्ग सुरक्षित छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको टानका उद्धार संयोजक देवी पाण्डेले बताए ।
प्रतियोगितमा प्रथम हुन नगद ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैया हात पार्नेछन ।
प्रकाशितः २०७३ जेठ १५
वि.सं.२०७३ जेठ १५ शनिवार १३:०८ मा प्रकाशित