back

निर्माण ब्यबसायी महासंघ प्रतिनिधिमण्डल र गर्भनर नेपालबीच भेट

Nepal Bank

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले शुक्रबार नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. चिरञ्जीवी नेपाललाई भेटी व्यवसायीहरुले भोग्नु परिरहेको बैंकिङ्ग समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएको छ ।

 
महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले गत बैशाख १२, १३ र २९ गतेका विनाशकारी भूकम्प, तराई मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण निर्माण व्यवसायीहरुले संचालन गरेका निर्माण आयोजना प्रभावित भई समयमै सम्पन्न गर्न नसकि भुक्तानी समेत हुन नसकेको बारे अवगत गराएको हो । यसर्थ बैंकलाई बुझाउनु पर्ने किस्ता समयमा बुझाउन नसकिएको यस्तो विषम परिस्थितिमा सावा तथा व्याज बुझाउने समयको पुर्नतालिका बनाई २०७३ साल पौष मसान्त सम्म उक्त साँवा तथा व्याज बुझाएमा थप व्याज र बिलम्ब शुल्क नलाग्ने र कर्जा नियमित गरिदिने व्यवस्थाका लागि प्रतिनिधिमण्डलले अनुरोध गरेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ मा सार्वजनिक निर्माण कार्यको लागि निर्माण व्यवसायी फर्म÷कम्पनीहरुले आफुले बोल कबोल गरेको आधारमा Performance Bond थप दाखिला गर्नु पर्ने गरि एकातर्फ उक्त ऐन संशोधन हुने तयारीमा रहेको र अर्को तर्फ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तेश्रो पक्षको धितोबाट कुनै पनि कारोवार गर्न नसकिने व्यवस्था गरिएको कारण वोलपत्रहरु संझौता गर्दा जारी गर्नु पर्ने बैंक ग्यारेन्टीहरु जारी नै गर्न नसकिने अवस्था श्रृजना भएकोले ँगलमष्लन वाहेकका बैंकबाट जारी हुने सबै प्रकारका बैंक ग्यारेन्टीहरु (Non Funding)मा तेश्रो पक्षको धितो समेत बाट कारोवार गर्ने गराउने व्यवस्थाका लागि पनि महासंघले आग्रह गरेको छ ।
विद्यमान व्यवस्था अनुसार कुनै पनि बैंक ग्यारेन्टीहरुको जारी मिति देखि ग्यारेन्टीमा उल्लेखित अन्तिम मान्य हुने अवधि भित्र मात्र ग्यारेन्टी जारी गर्ने बैकको दायीत्व रहने हुँदा हुँदै पनि मान्य हुने अवधि समाप्त भै सकेपछि पनि बैंकले उक्त ग्यारेन्टी बापत कमिशन काट्ने गरिरहेको छ । यस्तो प्रकृया बैंकिङ्ग ऐन र नियम विपरित रहेको र व्यवसायीहरुलाई यसबाट ठूलो आर्थिक भार पर्न गई रहेको हुँदा यो व्यवस्था हटाउन पनि प्रतिनिधिमण्डडले माग गरेको छ ।
प्रतिनिधिमण्डलमा महासंघका मानार्थ सदस्य जीपछिरिङ लामा शेर्पा, सल्लाहकारहरु रमेश शर्मा, सुकुन्तलाल हिराचन निवर्तमान अध्यक्ष जयराम लामिछाने, उपाध्यक्षहरु लक्ष्मण राना, निकोलस पाण्डे , महासचिव रामशरण देउजा, नीतिगग उपमहासचिव बिष्णु बुढाथोकी, कोषाध्यक्ष रोशन दाहाल सहित अन्य निर्माण व्यवसायीहरुको सहभागिता थियो ।

१५ जेठ २०७३

वि.सं.२०७३ जेठ १५ शनिवार १४:१२ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...