back

पानीको अभावले मुस्ताङका गाउँ नै विस्थापित

पोखरा । लामो समयसम्म पानी नपरेपछि मुस्ताङका स्थानीयवासी चिन्तित बनेका छन् ।

लगभग एक वर्षयता नै पानी पर्न नसकेका कारण हिमाली भेगमा उत्पादन हुने उवा, फापर, स्याउलगायतको उत्पादनमा कमी आउने स्थानीयवासी बताउँछन् । लामो समयसम्म पानी नपरेका कारण कृषिजन्य उत्पादनमा कमी आउने देखिएको मुस्ताङको छुसाङ गाविस ताङ्वे गाउँकी ६९ वर्षीया झाङ्मो साङ्मो गुरुङले बताए ।

“लगभग ८/९ महिनायता मुस्ताङमा पानी परेको छैन,” उनले भने । उच्च हिमाली क्षेत्र भएका कारण यहाँ वर्षमा एउटा बाली मात्र लगाइन्छ । पानी नपरेका कारण त्यही एउटा बाली पनि उत्पादन कमै हुन्छ । “पानी कम पर्दा खानेपानीका मुहानसमेत सुक्न थालेका छन्” गुरुङले भने ।

मुस्ताङ्को उपल्लो भागमा विगतमा हिउँ पर्याप्त पर्ने गरे पनि पछिल्लो समयमा निकै कम पर्ने गरेको स्थानीयवासी बताउँछन् । उपल्लो मुस्ताङका ६ गाविस लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ र घमीमा अत्यन्त कम हिउँ परेको छ । हिउँ तथा पानी कम पर्न थालेपछि पानीको चरम अभावसँगै छोसेर गाविस– ९ स्थित सामजुङ बस्ती पानीको खोजीमा उक्त गाविसकै नमासुङ गाउँमा सरेको छ ।

स्थानीय समाजसेवी एवम् नेकपा (एमाले) मुस्ताङका सचिव देव गुरुङका अनुसार हिउँ अत्यन्त कम पर्दै गएपछि पानीको स्रोत नै सुकेका कारण बस्ती सरेको हो । बस्ती सार्नका लागि मुस्ताङी राजा जिग्मे परवल विष्टले जग्गा उपलब्ध गराउनुभएको स्थानीयवासी तोप्के गुरुङले जानकारी दिए ।

“दश/बाह्र वर्ष अघिसम्म सामजुङमा पानीको मुहान थियो,” उनले भने “पछिल्ला वर्षमा हिउँ पर्ने क्रम घट्दै गएपछि उक्त मुहान सुकेका कारण खानेपानीको समस्या भएपछि बस्ती नै सार्न बाध्य हुनुपरेको हो ।” पानीको अभावमा सामजुङ गाउँका १८ घरपरिवार तीन घण्टा टाढाको नमासुङ गाउँमा सरेका छन् ।

च्याङग्रा तथा भेडा पालेर आफ्नो जीविका चलाउँदै आएका यहाँका स्थानीयवासीका लागि हिउँ तथा पानी पर्न छोडे पछि चरनको समेत अभाव हुँदै गएको अर्का स्थानीयवासी कर्म गुरुङ बताउनुहुन्छ । पछिल्लो समयमा बढ्दैगएको जलवायु परिवर्तनको असरका कारण कम पानी पर्न थालेको पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय, पोखराका प्रमुख राजाराम ढकाल बताउँछन् ।

“मनाङ, मुस्ताङ आफैमा कम पानी पर्ने ठाउँ हो ,” उन्ले भने, “जलवायु परिवर्तनका कारण पछिल्लो समयमा विगतमा भन्दा कम पानी पर्न थालेको छ ।”

१५ जेठ २०७३

वि.सं.२०७३ जेठ १५ शनिवार १५:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...