काठमाण्डौं । श्रम रोजगार दलित पेशाका कामलाई आधुनिकीकरण गर्न छुट्टै केन्द्र बनाइनेछ । रोजगार प्रत्याभूति विधेयक संसदमा पेश गरिने । आन्तिरिक तथा वैदेशकि रोजगारी प्रवर्द्धन गर्न सीपमूलक तालिम प्रवर्शन गर्ने ।
वैदेशिक रोजगारीमा गएर अशक्त भएकाहरुको उद्दारका लागि द्रत उद्दार टोली परिचालन गरिने, आप्रवासी कामदारको हक हितका लागि श्रम सम्झौता गरिने । आगामी आर्थिक वर्षभित्र ओमान, मलेसिया लगायतसंग गरिने , विदेशमा अलपत्र रहेका दु्रत उद्धार टोली परिचालन गर्ने । ओमान, लेबनान, जोर्डनसँग श्रम सम्झौता गर्ने । वैदेशिक रोजगारीबाट फर्किएको सिप र कार्यदक्षण परीक्षण गरि प्रमाणपत्र प्रदान गरिने, थप मुलुकसंग व्यापार सम्झौता गरिने । वीरगञ्जको एकीकृत सुरक्षा चौकी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने छ ।

प्रकाशितः २०७३ जेठ १५
वि.सं.२०७३ जेठ १५ शनिवार १७:०३ मा प्रकाशित