काठमाण्डौं । स्वास्थ्य ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गर्ने योजना । पहिलो वर्ष २५ जिल्लामा । २ अर्ब ५० करोड विनियोजन |
सल्लाघारीमा स्वास्थ्य प्रयोगशाला र मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्ने, बीर अस्पताललाई न्युनतम ५ सय रोपनी जग्गामा सुविधासम्पन्न र अत्याधुनिक रुपमा विकास र विस्तार गर्ने । महिला स्वास्थ्य स्वयंम सेविकाहरुको पोशाक खर्चमा १५०० बृद्धि र स्वास्थ्य विमा गरिने, मृगौला प्रत्यारोपण नगरेसम्म डाइलोसस निशुल्क । एक गाउं एक डाक्टरका लागि सोही गाउंका विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढ्ने व्यवस्था । पढेपछि ५ वर्ष गाउमै सेवा गर्नु पर्ने । कैलाली गेटमा दशरथ चन्द स्वास्थ्य केन्द्र बनाउन ४८ करोड विनियोजन ।

वि.सं.२०७३ जेठ १५ शनिवार १७:१७ मा प्रकाशित