
काठमाण्डौं । साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ सय रुपैयाँ सस्तिएको छ। गत कारोबारको अन्तिम दिन प्रतितोला ५४ हजार ४ सय रहेको सुनको मूल्य आइतबार ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ।
सुनको मूल्य केही दिनयता निरन्तर घट्दै आएको छ। जेठ ९ गते प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन १० गतेदेखि घट्न थालेको हो।
सुनको मूल्य घटे पनि चाँदी भने स्थिर छ। चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
१६ जेठ २०७३, १०।००
वि.सं.२०७३ जेठ १६ आइतवार ११:४२ मा प्रकाशित