back

बूढीगण्डकीमा भेल आएपछि मनास्लु पदमार्ग अबरुद्ध !

गोरखा । बूढीगण्डकी नदीमा आएको भेलले मनास्लु पदमार्ग अन्तर्गत केरौँजाको यारुबगरस्थित बूढीगण्डकी नदीमाथिको मुख्य पुल बगाउँदा सात गाविसका स्थानीयवासी र पर्यटकले पदमार्गको सो खण्ड भई आवागमन गर्न पाएका छैनन् । नदीको भेलले किनारका दुवैपट्टिको पर्खाल बगाएपछि काठको पुल पनि बगेको हो ।

भूकम्पपछि अवरुद्ध रहँदै आएको मनास्लु पदमार्ग गत कात्तिक महिनामा यारुबगरमा काठको अस्थायी पुल बनाएपछि सञ्चालन गरे पनि गत आज बिहान आइतबार आएको भेलले पुनः पुल बगाएपछि पदमार्ग अवरुद्ध भएको हो ।

यारुबगरमा पुल बगेपछि तीन घन्टा घुमेर असजिलो बाटो हुँदै स्थानीयवासी र पर्यटक जगत पुगे पनि खाद्यान्नलगायत सामग्री बोकेका खच्चडहरु आवागमन गर्न सकेका छैनन् ।

पुल बगाएको जानकारी जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयमा जानकारी गराए पनि कुनै काम नभएको स्थानीय वासीले बताएका छन् । यारुबगरस्थित बूढीगण्डकी नदीमाथि चारवटा काठे पुल बनाइएको थियो । तीमध्ये नदीमा पानीको सतह बढेकाले अरु पुल पनि बग्ने अवस्थामा पुगेको छ ।

१६ जेठ २०७३, १०.००

वि.सं.२०७३ जेठ १६ आइतवार ११:५८ मा प्रकाशित

You can share this post!

लुम्बिनीमा एकै साथ हजारौ दक्षिण कोरियाका विद्यार्थीद्वारा दर्शन (फोटोफिचर)

लुम्बिनीमा एकै साथ हजारौ दक्षिण कोरियाका विद्यार्थीद्वारा दर्शन (फोटोफिचर)

वि.सं.२०७९ माघ २३ सोमवार ०८:४९

भैरहवा । गौतम बुद्धजन्मस्थल लुम्बिनीमा दक्षिण कोरियाका भिक्षु पोम्न्यू सुनिमको...

लामीडाँडा बिमानस्थलमा उडान नहुँदा दर्जनौं होटलमा लाग्यो ताला

लामीडाँडा बिमानस्थलमा उडान नहुँदा दर्जनौं होटलमा लाग्यो ताला

वि.सं.२०७९ माघ २० शुक्रवार ०८:१०

खोटाङ । खोटाङको लामीडाँडा बिमानस्थलमा उडान बन्द हुँदा दर्जनौं होटल...

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिशन शुरु, दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोगी हुने विश्वास

वि.सं.२०७९ माघ १५ आइतवार १७:४५

काठमाडौं । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरीको संरक्षण गर्दै दोर्दी गाउँपालिका

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरीको संरक्षण गर्दै दोर्दी गाउँपालिका

वि.सं.२०७९ माघ १४ शनिवार १०:५०

लमजुङ । दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ...

प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन, यस्तो छ कारण !

प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन, यस्तो छ कारण !

वि.सं.२०७९ माघ ९ सोमवार १७:०८

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन...

पर्यटकलाई लक्षित गर्दै पर्यटक गाइड तालिम

पर्यटकलाई लक्षित गर्दै पर्यटक गाइड तालिम

वि.सं.२०७९ पुस २८ बिहीवार १२:५१

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले त्रि–धार्मिकस्थल हलेसीमा आउने पर्यटक तथा...