
काठमाडौं । आजदेखि मेगा बैंक लिमिटेडको सेयर कारोबार शुरु भएको छ । पश्चिमाञ्चल डेभलपमेन्ट बैंकसँगको झण्डै डेढ बर्ष लामो मर्जर प्रक्रिया पुरा गरेको मेगा बैंकको आज अर्थात जेठ १६ देखि नेप्सेमा शेयर कारोबार सुरु भएको हो ।
१० प्रतिशत बोनश शेयर दिएको मेगा बैंकको बोनश समायोजन पश्चात प्रतिकित्ता शेयर मूल्य ३५९ रुपैयाँ तोकिएको छ भने बैंकको आधारमूल्य भने प्रतिकित्ता २९२ रुपैयाँ तोकेको छ । मर्जर अघि मेगा बैंकको नेप्सेमा प्रतिकित्ता ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बैंकले पश्चिमाञ्चल डेभलपमेन्टसँगको मर्जर सकाएर वैशाख १३ गतेदेखि संयुक्त कारोबार थालेको थियो ।
प्रकाशितः २०७३ जेठ १६
वि.सं.२०७३ जेठ १६ आइतवार १३:५६ मा प्रकाशित