back
mega bank Ad
Hero Ad

चार वर्षपछि बल्ल ज्येष्ठ नागरिक खुसी

काठमाण्डौं । चार वर्षदेखि माग र असन्तुष्टिको नारा लगाउँदै आएका वृद्धवृद्धाले आइतबार भने नयाँ बानेश्वरमा उत्सवको नारा घन्काए । असन्तुष्टिको भाका फेरिएको थियो । यातायात व्यवस्था विभाग परिसरलाई नियमित धर्नास्थल बनाएका ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी छाएको थियो ।

सरकारले बजेटमा वृद्धभत्ता दोब्बर बनाउने, स्वास्थ्य बिमाको व्यवस्था गर्नेजस्ता योजना ल्याएपछि उनीहरूको मन पनि बदलियो । ०६९ फागुन २४ देखि ८ बुँदे मागसहित धर्नामा बसेका ज्येष्ठ नागरिकको आन्दोलन सरकारको बजेटसँगै टुंगिएको हो । धर्ना बस्ने क्रममा ४ वर्षको अवधिमा १६ ज्येष्ठ नागरिकको निधन भइसकेको छ ।

ज्येष्ठ नागरिकले पाउँदै आएको एक हजार वृद्ध भत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्ने, ६० वर्ष उमेर पुगेकालाई ज्येष्ठ नागरिक घोषणा गर्नुपर्ने, स्वास्थ्य बिमा हुनुपर्ने, सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई आरक्षण सिट र ५० प्रतिशत छुट दिइनुपर्ने, सरकारी अस्पतालमा शतप्रतिशत र निजी अस्पतालमा ५० प्रतिशत औषधोपचारमा छुट पाउनुपर्ने, सार्वजनिक निकायमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा लाइन बस्नु नपर्ने व्यवस्था गर्नुपर्ने, ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमै बस्ने वातावरण मिलाउने व्यवस्था गर्नुपर्ने, आमाबुबाको निधन नभएसम्म अंश अधिकार छोरारछोरीले नपाउने व्यवस्था गर्नुपर्ने लगायत ८ बुँदे मागसहित उनीहरू धर्ना बसेका थिए । कान्तिपुर दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ जेठ १७

वि.सं.२०७३ जेठ १७ सोमवार १०:१४ मा प्रकाशित

You can share this post!

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने 

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने 

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:१०

दिलमाया शाही, जुम्ला ।  चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की चार...

डरलाग्दो बन्दै अनलाइन लैंगिक हिंसा, ९१ प्रतिशत महिला राजनीतिकर्मी नै पीडित

डरलाग्दो बन्दै अनलाइन लैंगिक हिंसा, ९१ प्रतिशत महिला राजनीतिकर्मी नै पीडित

वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:५०

काठमाडौं ।  नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था डरलाग्दो देखिएको...

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

सालनालसहित शिशु फेला

सालनालसहित शिशु फेला

वि.सं.२०७९ मंसिर १५ बिहीवार ११:३६

सिरहा। सिरहाको  दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको...

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

वि.सं.२०७९ मंसिर १४ बुधवार १४:५३

बेइजिङ ।  चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।...