तुलसीपुर। आर्थिक वर्ष सकिन अब केही समय भएको बेला दाङमा भने सामुदायिक विद्यालयको भौतिक सुधारका लागि विनियोजन गरेको रु साढे ६ करोड बजेट खर्च हुनसकेको छैन् ।
जिल्ला शिक्षा कार्यालय दाङका अनुसार सामुदायिक विद्यालयको भौतिक सुधार कार्यक्रमका लागि कार्यालयमा छुट्याएको रु १२ करोड २० लाखमध्ये रु साढे छ करोड खर्च हुन नसकेको हो ।
जिल्लाका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण र सुधारका लागि २३८ वटा योजना सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले सामुदायिक विद्यालयको मर्मत सम्भारदेखि चारकोठे भवन निर्माणसम्मका योजना सम्पन्न हुने क्रममा रहेको बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयका ठूला योजनाको इस्टिमेटको अख्तियारी वैशाख महिनामा मात्र आएकाले समयमा रकम खर्च गर्न नसकेको बताउनुभयो । अहिले भने बजेट फ्रिज हुन नदिनका लागि निर्माण कार्यलाई तीव्र पारिएको छ ।
प्रकाशितः २०७३ जेठ १७
वि.सं.२०७३ जेठ १७ सोमवार १३:२९ मा प्रकाशित