
काठमाण्डौं । हालै बेलायतमा एउटा यस्तो घटना सार्वजनिक भएको छ । जहाँ भेडाको एक बथान गाँजाका पातमा मज्जाले चरेपछि उनीहरुलाई नशा लाग्यो । नशामा चूर भएका भेँडाहरुलाई के चाहियो रु नजिकैका घरमा घुसेर आतंक मच्चाउन थाले । घरका बगैँचाहरु तहस नहस पारिदिए र बेडरुममै छिरेर ओछ्यानमा दिसापिसाव गरिदिए ।
यो घटना बेलायतको वेल्सस्थित स्वान्सीको हो । गाँजाका केही पात खाएर नशा लागेपछि भेँडाहरुले त्यसरी आतंक मच्चाएको स्वान्सी इलाकाका काउन्सलर रिचर्डले बताए । केही पात खाँदा त यस्तो । पुरै बोट नै खाएका भए कस्तो हुन्थयो होला रु उनी प्रश्न गर्छन् ।
भेँडा आतंकपछि पुलिसले त्यस स्थानमा रहेका सबै गाँजाका बोट नष्ट गरेको छ ।
प्रकाशितः २०७३ जेठ १७
वि.सं.२०७३ जेठ १७ सोमवार १५:५३ मा प्रकाशित