back
SKIP
Prabhu Bank Road Block Ad

चार सय नेपालीलाई अमेरिका पुर्याउने व्यापार मेला

Kumari bank ad

अमेरिकाको प्रख्यात शहर न्यूयोर्कको म्यानहाटनमा आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि आयोजक संस्थाका प्रतिनिधिमण्डल हाल नेपालमा छन् । उनीहरुले उक्त मेलाका लागि प्रचार प्रसार तिव्र बनाउनका साथै नेपालस्थित साना एवं ठूला उद्योगी व्यवसायी संघ संगठनसँग आफ्नो अन्तरक्रिया, भेटघाटलाई तिव्र बनाएका छन् । वल्र्ड बिजनेश म्यानेजमेण्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी) एलएलसीले न्यूयोर्कको म्यानटहाटनको पियर ९२ मा आयोजना गर्न लागेको सो मेलाका बारेमा उक्त मेलाका प्रमोशनल डाइरेक्टर टेकराज पौडेलसँग अर्थतन्त्रका लागि रामेश्वर कार्की र इरादा पहाडीले गरेको कुराकानी :
यहाँहरुले अन्य कार्यक्रम पनि गर्न सक्नुहुन्थ्यो, यो मेला नै किन रोज्नुभयो ?

मुख्य गरी देशमा भूकम्प आएपछि जति पनि नेपालीहरु विदेशमा छन्, अमेरिकामा नै ३ लाख नेपालीहरु बसोवास गर्छन् भनिन्छ । उनीहरुका आफन्तहरु, परिवारहरु यहाँ समस्यामा परे, कतिको व्यवसाय चौपट भयो, कतिले गाँस, बास कपास गुमाए, परिवार गुमाए । अन्य चोटहरुलाई मलम लगाउनका लागि केही रकम प्रधानमन्त्री दैवी कोषमा पठाएको भएता पनि देशको मुख्य मेरुदण्ड उद्योग नै धरासायी भएको अवस्थामा उद्योगलाई उठाउनका लागि यो कदम चालिएको हो । भूकम्प र नाकाबन्दी पछि थलिएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि एवं नेपाली व्यवसायीहरुलाई सहयोग गर्नका लागि अमेरिकाले ६६ वस्तुहरुमा भन्सार छुट गरायो । यसको प्रयोग भरपुर मात्रामा गराउन र अन्तराष्ट्रिय मार्केट सम्म पु¥याउनका लागि पनि हामीले यो प्रयास गरेका हौं ।
यहाँहरुले खासमा गर्न खोज्नु भएको के हो ? यो कार्यक्रमको लक्ष्य के हो ?

नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय/विश्व बजारमा चिनाउने नै यो मेलाको मुख्य लक्ष्य हो । मैले सुनेको छु, कुनै देशले नेपालमा उत्पादन हुने सिस्नोलाई पनि आफ्नो प्रोडक्ट भन्दै पेटेन्ट राइट लिएकोछ । यो हामीले पनि गर्न सकिन्छ ताकि भोलि हाम्रो उत्पादन, हाम्रा वस्तुहरुलाई अरुले आफ्नो भनेर नचिनाउन् । मेड इन नेपाल लेखेको वस्तुहरु हामीले बजारमा चिनाउन सक्यौं भने, हाम्रो कार्यक्रमले २० प्रतिशत मात्र सफलता हासिल गरेमा पनि नेपाली उद्योग क्षेत्रले फड्को मार्छ त्यसैले हामीले यो कार्यक्रम गर्न लागेका हौं । हाम्रो लक्ष्य पनि यही हो । करिब ४०० उद्यमीलाई स्थान दिने हाम्रो लक्ष्य हो । यसका लागि अहिलेसम्म १५० जनाले आएर हाम्रो पुतलीसडक स्थित कार्यालयमा आफ्नो दर्ता गरिसक्नु भएकोछ भने करिब ७० जनाले अनलाईन मार्फत् बुकिङ गरिसक्नु भएकोछ ।
यो मेलाबाट त्यहाँ रहेका नेपालीहरु कसरी लाभान्वित होलान्, उनीहरुले सामान किन्लान् त ?

यो मेला अमेरिकामा बस्ने नेपालीलाई लक्षित गरेर आयोजना गर्न लागिएको हैन । यो मेला त्यहाँ रहेका विदेशीहरुलाई लक्षित गरिएको हो । यसका लागि हामीले चेम्बर अफ कमर्श न्यूयोर्कसँग कुराकानी गरिसकेका छौं । जसको ५० हजार व्यापारीसँग प्रत्यक्ष सम्बन्ध रहेकोछ । त्यसैले पनि हामीले व्यापारदेखि लिएर अन्य क्षेत्रहरुमा पनि अब्बल रहेको अमेरिकाकै न्यूयोर्कको म्यानहाटनलाई रोजेका छौं । विदेशीहरुलाई नेपाली वस्तुबारे चिनाउने नै यो मेला केन्द्रित हुनेछ । त्यहाँको मेलामा विदेशीको नै उल्लेख्य सहभागी हुनेछ । त्यस्तै, न्यूयोर्कमा नै २५÷३० हजार नेपालीहरु बस्ने गरेको अनुमान गरिएकोछ । यसबाट उनीहरु त लाभान्वित हुने नै छन् साथसाथै विदेशीहरुलाई नेपाली ब्राण्ड एवं वस्तु र सेवाको बारेमा जानकारी गराउनका लागि यो मेला केन्द्रित छ ।
मेलामा स्टल राख्न बुकिङ गर्नका लागि आवश्यक क्राइटेरिया के हो ?

हामीले मेलामा वस्तु र सेवालाई विशेष महत्व दिएका छौं । नेपालका वस्तुहरु चिया, अलैंची, छुर्पी, चिज, गुराँसको वाईन, हस्तकला, अल्लोको कपडा, जडीबुटी, कफी, खुकुरी आदि नेपालका वस्तुहरु हुन् । हाम्रा मौलिक वस्तुहरु त्यहाँ लगेर चिनाउन सकियो भने पेटेन्ट राइट पनि हामीले पाउन सकिन्छ । त्यस्तै, सेवाको क्षेत्रमा पर्यटन हाम्रो मुख्य आधार हो । पर्यटन उद्योगलाई अगाडि नबढाई हामी अगाडि जान सक्दैनौं । यहाँको प्याराग्लाइडिङ, बन्जी, ¥याफ्टिङ, टे«किङलाई चिनाउन पनि यो मेला हो । त्यस्तै कतिपयले भूकम्पलाई पनि सकारात्मक तरिकाले लिएका छन्, भूकम्पले कति क्षति पु¥यायो त नेपालमा ? त्यो हेर्नलाई पनि यता आइरहेका छन्, यही मौकालाई पनि हामीले थप उपयोग गर्न सकिन्छ । त्यसैलेयो मेलामा सहभागी हुनका लागि माथि उल्लेखित वस्तु वा सेवासँग सम्बन्धित कुनै पनि उद्योगको दर्ता भएर संचालनमा आएको २ वर्ष हुनुपर्छ, कम्तिमा पनि ५ जनालाई रोजगारी दिएको, त्यसमा बालश्रम भएको हुनुहुन्न । साथै कारोबारमा बैंक ट्रान्जेक्शन हुनुपर्छ, त्यस्तै नेपाल सरकारलाई कर तिरेको हुनुपर्छ ।
उक्त मेलामा सहभागी हुन यहाँबाट गएका व्यवसायीहरु नेपाल नै फर्किन्छन् भन्ने ग्यारेन्टी के छ ?

नेपाली उद्योगीहरुलाई विदेशमा चिनाउने काम सरकारले गर्नुपर्ने हो, यो हामीले गरिरहेका छौं । यो एउटा कोशेढुंगा हो । विगतमा पनि हामीले सांस्कृतिक कार्यक्रमहरु गरेका थियौं, त्यो समयमा कलाकारहरु लगेका थियौं । तर त्यसको तुलनामा यो अत्यन्त ठूलो कार्यक्रम हो । यो नेपालको समृद्धिका लागि गरिन लागेको कार्यक्रम हो । यसमा हामीले २० प्रतिशत मात्र सफलत पायौं भने पनि देशको आर्थिक क्रान्तितिर लाभ हुन्छ । यहाँ उद्योग खोलेर लाखौं करोडौं लगानी गर्नुभएका व्यक्तिहरु, मालिक भएर बसिरहनु भएको व्यक्तिहरुले त्यतै लुकेर आफूलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने अवसरको दुरुपयोग गरेमा मुलुककै बेइज्जत हुन्छ । त्यसमा पनि अहिले त्यहाँ चुनाव हुँदैछ, सरकार परिवर्तन हुँदैछ, नयाँ कानून बन्दैछ यस्तो अवस्थामा अवैधानिक रुपमा बस्नु गाहो हुन्छ त्यसैले पनि यस्तो अवस्था नआउला भन्ने हामीले सोच राखेका छौं । अर्को कुरा, हामीले जति पनि उद्योगी व्यवसायीहरु यहाँबाट मेलाका लागि जानुहुन्छ उहाँहरुलाई नेपाल फर्काउन सहयोग गर्ने हुँदा यस्तो अवस्था आउँदैन भन्नेमा हामी विश्वस्त छौं ।
यहाँहरुले नेपालको उद्योग वाणिज्य महासंघ एवं अन्य उद्योग व्यवसायी सहित नेपाल सरकारबाट कस्तो प्रतिक्रिया पाउनु भएकोछ ?

उहाँहरु हाम्रो कार्यक्रमलाई लिएर अत्यन्त सकारात्मक हुनुहुन्छ । आर्थिक सहयोगमा नभए पनि हामीलाई नैतिक एवं भौतिक सहयोगको प्रतिबद्धता मिलेको छ । एउटा नेपालीले जहाँ बसेर काम गरे पनि उसले देशलाई नै चिनाउने काम गरेको हुन्छ । त्यसैले पनि यसमा हामीले जति जनालाई भेट्यौं उहाँहरु सबै उद्योगी व्यवसायीहरुको समर्थन पाएका छौं । त्यस्तै यो कार्यक्रममा सरकारको तर्फबाट पर्यटन मन्त्री, वाणिज्य मन्त्री, परराष्ट्र मन्त्री एवं प्रधानमन्त्री कसैलाई लैजान सकियो भने यो एक प्रकारले गरिमा बढाउने खालको पनि हुने भएकाले उहाँहरु मध्ये कोहीलाई लैजाने सोच छ, हामीले के गर्दैछौं हेर्नुहोस्, हामीलाई सुझाव दिनुहोस् भन्ने हिसाबल र उहाँहरु समक्ष हाम्रो निम्तो पुग्न बाँकी नै छ ।

१८ जेठ २०७३ / ८:२०

वि.सं.२०७३ जेठ १८ मंगलवार ०८:२२ मा प्रकाशित

You can share this post!

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन   

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:४६

काठमाडौँ, २४ मङ्सिर : दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत...

विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा   

विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:४०

सिड्नी, २४ मङ्सिर अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप...

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड   

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:३४

काभ्रेपलाञ्चोक, २४ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन   

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:२३

काठमाडौँ, २४ मङ्सिर : एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा...

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८० मंसिर २४ आइतवार १९:१८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ...

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित   

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:१४

काठमाडौँ, २४ मङ्सिर : एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत...